arrow

स्वतन्त्रता दिवसका अवसरमा मोदीलाई देउवाले दिए शुभकामना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३० सोमबार
deuba-modi-nepal-india.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री एवं समकक्षी नरेन्द्र मोदीसहित भारतीय जनतासँग शुभकामना व्यक्त गरेका छन् ।

सोमबार भारतले भव्यताका साथ स्वतन्त्रता दिवस मनाइरहेको छ भने, आगामी २५ वर्षमा भारतलाई विकसित देश बनाउने लक्ष्य मोदीले अघि सारेका छन् ।

यस अवसरमा प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत शुभकामना व्यक्त गर्दै भनेका छन्, 'भारतको स्वतन्त्रता दिवसको शुभ अवसरमा नरेन्द्र मोदी र भारतीय जनतालाई हार्दिक शुभकामना । भारतको निरन्तर प्रगति र समृद्धिको लागि मेरो शुभकामना छ। आगामी दिनमा सहयोग र मित्रताको भावना झनै प्रगाढ हुनेछ ।'

यस्तै परराष्ट्रमन्त्री डा‍ नारायण खड्काले पनि भारतको स्वतन्त्रता दिवसका अवसरमा भारतीय समकक्षी एस जयशंकरलाई शुभकामना सन्देश पठाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ