arrow

यी हुन् मोदीका 'पञ्चप्रण'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३० सोमबार
modi-india-indepenency.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी २५ वर्षमा भारतलाई विकसित राष्ट्र बनाउनु पर्ने बताएका छन् । भारतको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले देशबाट भ्रष्टाचार र नातावाद हटाउनु पर्ने बताएका छन् ।

उनले संघीयतालाई प्रतिस्पर्धी बनाउन आवश्यक रहेको बताएका छन् । उनले एक राज्यले यस्तो विकास गरिसक्यो भन्दै अर्काेले त्यो भन्दा राम्रो काम र विकास गर्नका लागि प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताएका छन् ।

उनले भारतलाई टेक्नोलोजीको हब बनाउनु पर्नेसमेत बताएका छन् । उनले भारत फाइभ जी, सेमिकन्डक्टरलगायत अत्याधुनिक प्रविधितर्फ अघि बढिरहेको बताएका छन् ।

यस्तै स्वतन्त्रता दिवसको अवसरमा बोल्दै भारतीय प्रधानमन्त्री मोदीले आगामी २५ वर्षलाई अमृत काल भन्दै यस अवधिमा भारतीय नारी शक्तिको भूमिकासमेत विशेष रहने बताएका छन् । उनले हरेक क्षेत्रमा नारी शक्ति बलियो बन्दै गइरहेको बताउँदै नारी शक्तिको ठूलो भूमिका रहने बताएका छन् ।

उनले आत्मनिर्भर भारत हरेक नागरिकको, हरेक सरकारको, समाजका हरेक इकाईको दायित्व बन्ने बताएका छन् । उनले आत्मनिर्भर भारत सरकारी एजेण्डा नभएर समाजको जनआन्दोलन भएको बताएका छन् ।

यस्तै मोदीले हरेक नागरिक आफु जिम्मेवार हुनुपर्ने बताएका छन् । उनले दुनियामा जुन जुन देशले प्रगति गरेको छ, केही कुरा प्राप्त गरेको छ वा जुनसुकै व्यक्तिले केही सफलता पाएको छ भने उनीहरु अनुशासित जीवन र कर्तव्यप्रति समर्पण रहेको बताएका छन् ।

मोदीले व्यवहार, स्वोभाव, संस्कार एवं जिन्दगीमा नारिको अपमान गर्ने हरेक कुराबाट मुक्तिका लागि संकल्प लिनसमेत आग्रह गरेका छन् ।

मोदीले आजादिकी अमृत कालमा ७५ वर्षको यात्राको गौरवगामी गर्दै , त्यसकै पीठ थपथपाउँदै गएमा आफ्नो सपना कतै टाढा जाने बताएका छन् । ७५ वर्षको कालखण्ड जतिसुकै सानदार या चुनौतीपूर्ण रहने पनि अमृत कालमा प्रवेश गरेसँगै आउँदा २५ वर्ष देशका लागि अत्यन्त महत्वपूर्ण रहने बताएका छन् ।

उनले आगामी २५ वर्षका लागि पाँच पञ्चप्रणमाथि आफ्नो सार्मथ्य, संकल्पलाई केन्द्रित गर्दै पञ्चप्रणलाई लिएर २०४७ मा आजादिको १०० वर्ष हुँदा आजादिको सपना पूरा गर्ने सामथ्र्य रहनुपर्ने बताएका छन् ।

मोदीले गरेका पञ्चप्रणहरु मध्ये पहिलो भारतले ठूलो संकल्प 'विकसित भारत' हुने बताएका छन् । यस्तै उनले दोस्रो प्रण कुनै पनि कुनामा, मनमा, बानीमा 'गुलामीको हरेक अंशलाई समाप्त गर्नुपर्ने' बताएका छन् । उनले गुलामीको सानो भन्दा सानो सोचलाई समाप्त गर्नु पर्ने बताएका छन् ।

तेस्रो प्रणमा मोदीले 'आफ्नो विरासतमाथि गर्व' हुनुपर्ने बताएका छन् । चौंथाे प्रणमा मोदीले 'एकता र एकजुटता' राखेका छन् । उनले एकताको शक्ति एक भारत र श्रेष्ठ भारतका लागि एकता प्रण रहेको बताएका छन् ।

मोदीले पाँचौं प्रणमा 'नागरिकको कर्तव्य' रहेको बताएका छन् । उनले प्रधानमन्त्री, मुख्यमन्त्री सबै नागरिक भएको बताउँदै हरेक सर्वसाधारणदेखि प्रधानमन्त्रीसम्मका व्यक्ति कर्तव्यनिष्ठ हुनु पर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ