arrow

देशलाई लुट्नेहरू फिर्ता आउनुपर्छ : मोदी

अबको २५ वर्ष भारतका लागि निकै महत्त्वपूर्ण हुनेछ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३० सोमबार
narendra-modis.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रष्टाचारविरुद्धको निर्णायक अवधिमा प्रवेश गरिरहेको बताएका छन् । भारतको ७६ औँ स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लामा सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन् । 

भ्रष्टाचारको विषयमा बोल्दै प्रधानमन्त्री मोदीले विगतका सरकारहरूमा देश लुटेर भागेकाले आफ्नो सम्पत्ति जफत गरेर फिर्ता ल्याउन खोजेको बताए । मोदीले भने,' देशलाई लुट्नेहरू फिर्ता आउनुपर्छ भन्ने हाम्रो प्रयास हो, त्यो अवस्था सिर्जना गर्दैछौं । हामी भ्रष्टाचारविरुद्धको निर्णायक अवधिमा प्रवेश गरिरहेका छौं ।'

मोदीले आफ्नो भाषणमा विगत ७५ वर्षमा भारतले कस्तो कठिन अवस्थाबाट गुज्रायो र आज विश्वको नजरमा कसरी उभिएको छ भन्ने उल्लेख गरेका छन्। मोदीले भने,' हामीले धेरै दुःख भोगेका छौं । कहिले आतङ्कवाद, कहिले युद्ध, कहिले खाद्य सङ्कटको सामना गर्नु परेको छ । स्वतन्त्रताको पुरै अवधि सङ्घर्षमा बित्यो । आज प्रत्येक बलिदान र ऋषिलाई श्रद्धाञ्जली अर्पण गर्ने अवसर हो। वीर सावरकर, नेताजी र अम्बेडकरलाई सम्झने समय हो।'

मोदीले अबको २५ वर्ष भारतका लागि निकै महत्त्वपूर्ण भएको बताए । उनले भने,' आज म १३० करोड जनतालाई लाल किल्लाबाट भन्छु । साथीहरू, मलाई लाग्छ आगामी २५ वर्षको लागि हामीले हाम्रा सङ्कल्पहरू पाँच प्रतिज्ञाहरूमा केन्द्रित गर्नुपर्छ। २०४७ मा स्वतन्त्रताको सय वर्ष पुग्दा पञ्च प्राणको सन्दर्भमा स्वतन्त्रता प्रेमीका सबै सपना पूरा गर्ने जिम्मेवारी हामीले लिनुपर्छ ।'

प्रधानमन्त्री मोदीले मङ्गल पाण्डे, तात्या टोपे, भगत सिंह, सुखदेव, राजगुरु, चन्द्रशेखर आजाद, अश्फाकुल्लाह खान, रामप्रसाद बिस्मिल र बेलायती शासनको जग हल्लाउने क्रान्तिकारीहरूप्रति देश कृतज्ञ रहेको बताए।

त्यसअघि प्रधानमन्त्री मोदी राजघाट पुगेका थिए । त्यहाँ उनले राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । 

साथै कांग्रेस नेता राहुल गान्धीले ट्विट गर्दै देशवासीलाई स्वतन्त्रता दिवसको शुभकामना दिएका छन्। उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले देशवासीलाई बधाई दिएका छन् । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले स्वतन्त्रता सेनानीहरूलाई सम्झीएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ