arrow

टाटा नेक्सन अब नेपालको नम्बर एक एसयूभी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
nexon-nepal's-one-SUV-2022.jpg

काठमाडौँ। निरन्तर उत्कृष्टताका नयाँ नयाँ रेकर्ड कायम गर्दै टाटा मोटर्सको कम्प्याक्ट एसयूभी नेक्सनले भारतमा अग्रणी स्थान ओगट्न सफल भइसकेको छ। र, पछिल्लो समय नेपालमा पनि नेक्सनले नम्बर एकको पहिचान सफलताका साथ स्थापित गरेको छ। आइसी र इभी जस्ता मोडलहरूमा उपलब्ध टाटा नेक्सनको विक्री परिमाण सन् २०२२को सुरुवातदेखि नेपाली बजारमा उच्च रहेको कम्पनीले जनाएको छ।

सेडान र ह्याचब्याक श्रेणीका गाडीहरू भन्दा एसयूभी बढी शक्तिशाली एवं आकर्षक हुने भएकाले यसलाई बढ्दो सङ्ख्यामा नेपाली ग्राहकहरूले रोजिरहेका छन्। फलस्वरूप यहाँ उच्च कोटीका एसयूभीको मागमा बढोत्तरी भइरहेको छ।

नेपाली बजारमा विभिन्न एसयूभी ब्रान्डहरू बीचको तीव्र प्रतिस्पर्धामा नेक्सन अन्य भन्दा बढी कुशल एवं विश्वसनीय साबित हुनुको पछाडि तीन महत्त्वपूर्ण तत्त्वहरू छन्। यी हुन् मनमोहक डिजाइन, उच्च शक्ति र विशेष सुरक्षा। यही कारण नेक्सनले धेरै भन्दा धेरै ग्राहकहरूको बदलिँदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गरी उनीहरूलाई सर्वश्रेष्ठ यात्रा अनुभवको प्रत्याभूति गरिरहेको छ। यससँगै यो एसयूभीले नेपाली अटो मोबाइल बजारमा आफ्नो एक विशिष्ट पहिचान बनाइरहेको छ।

१२०० सीसीको रेभोट्रन पेट्रोल इन्जिन र १५०० सीसीको  डिजेल इन्जिनमा उपलब्ध नेक्सनको शक्ति र क्षमता अद्वितीय छ। २०९ मिलिमिटर लामो “ग्राउन्ड क्लेरेन्स“ सहित ६ वटा म्यानुएल र स्वचालित गियरले सुसज्जित यो चार पाङ्ग्रे नेपाली सडकमा सुहाउँदो पनि छ।

त्यसै गरी, आजभन्दा एक वर्ष अघि सन् २०२१ जुलाईको २७ तारिखमा नेपालमा विक्री वितरण आरम्भ गरिएको नेक्सन इभी (विद्युतीय  गाडी) ले विशेषतः पर्यावरणीय दृष्टिकोणले सचेत नेपाली ग्राहकहरूको मन र मस्तिष्कमा अमेट्य छाप छोड्न सफल भएको छ। यसको एक मुख्य कारण सिप्रदीले नेपालमा समग्र विद्युतीय गाडीको पर्यावरण प्रणालीमा (इभी इको सिस्टम) पुर्‍याइरहेको सकारात्मक योगदान हो।

१८ भन्दा बढी फास्ट चार्जिंग र १२० भन्दा बढी स्लो चर्जिंग सञ्जालहरू सहित यस इभीले नेपालको सन्दर्भमा पहिलो र एक मात्र इजी चर्जिंग एपको सुविधा प्रदान गरिरहेको छ। नवीनतम सोच र समुच्चा प्रणालीको सम्मिश्रण नेक्सन इभीले सरल, सहज र सुन्दर यात्राको प्रत्याभूति गर्दछ।

नेक्सन नेपालको अग्रणी एसयूभीको रूपमा स्थापित हुनुले यसका हरेक प्रकृतिका गाडीहरूले नेपाली ग्राहकहरूको माया र विश्वास जितेको प्रस्ट्याउँदछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ