arrow

युकेको प्रधानमन्त्रीको दौडमा सुनक भन्दा लिज ट्रस अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
rishi-sunak-liz-truss.jpg

काठमाडौं । हालैको ओपिनियम अनुसन्धान सर्वेक्षणले युनाइटेड किंगडम (युके)को प्रधानमन्त्रीको दौडमा रहेका ऋीसी सुनक र लिज ट्रसमध्ये ट्रस अगाडि रहेको देखाएको छ ।

ओपिनियम रिसर्चका अनुसार प्रधानमन्त्री पदका लागि ट्रसले ६१ प्रतिशत मत पाएकी छन् भने, सुनकले ३९ प्रतिशत मात्रै पाएका छन् ।

ओपिनियम रिसर्चले सोमबार र शुक्रबारको बीचमा ५७० कन्जरभेटिभ सदस्यहरूमाथि यो सर्वेक्षण गरेको बताएको छ ।

यसअघि सुनकले देशमा बढ्दो उर्जा संकटका बीच बेलायतका अति जोखिममा परेका जनतालाई सहयोग गर्ने वाचा गरेका थिए । सुनकले आफ्नो देशले आज सामना गरिरहेको मुद्रास्फीति जस्ता घरायसी चुनौतिहरूको सामना गर्नमा आफ्नो पूर्ण ध्यान केन्द्रित रहेको बताए।

यद्यपि धेरै विश्लेषक र लगातारका सर्वेक्षणले सुनकले १० डाउनिङ स्ट्रिटको बाटोमा चुनौती सामना गर्ने जनाएको छ ।

कन्जरभेटिभ पार्टीको नेतृत्वको नतिजा आउन केही हप्ता मात्र बाँकी छ तर ऋषि सुनकमाथि लिज ट्रसको जित नजिकै छ जस्तो देखिएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई यी दुईमध्ये कस्ले प्रतिस्थापना गर्छ भन्ने नतिजा सेप्टेम्बर ५ मा आउनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ