आक्रमणकारीबाट पारिवारिक विवादमा १० जनाको हत्या, सर्वसाधारणले मारेपछि थामियो आक्रमण श्रृंखला
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २८ शनिबार
989
Shares
तस्बिर– फाइल
काठमाडौं । मोन्टेनेग्रोमा एउटा पारिवारिक विवादपछि गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । आक्रमणकारीले एउटै परिवारका तीन जनाको गोली हानेर हत्या गरेको छ । सोही घरमा बस्ने एक महिला र उनका दुई सन्तानको पनि हत्या भएको छ ।
एक सर्वसाधारणले बन्दुकधारीलाई गोली हानेर हत्या गरेपछि आक्रमण शृंखला रोकिएको थियो । आक्रमणमा केही मानिस घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको छ ।