बर्खास्तमा परेकी पूर्वप्रधानन्यायाधीश साहकी छोरीको मुद्दामा सर्वोच्चको आदेश
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
786
Shares
काठमाडौं । बर्खास्तमा परेकी उच्च अदालत तुल्सीपुरकी न्यायाधीश रेणुका साहको मुद्दामा सक्कल फाइल झिकाउने सर्वोच्च अदालतले आदेश गरेको छ । न्याय परिषद्ले न्यायाधीश साहलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गरेको थियो ।
न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमवार शाहलाई नियुक्ति दिने समयमा भएको निर्णय र पदबाट हटाउने निर्णय झिकाउन आदेश गरेको हो ।
साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् । साहमाथि पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी भएको नाताले लामो समय सीटीईभीटीमा कार्यरत रहेको भए पनि पहुँचका आधारमा उच्च अदालतको न्यायाधीश बनाएको आरोप लागेको छ ।
आदेशमा भनिएको छ, “मिति २०७९ असार २४ मा न्यायपरिषद्बाट गरिएको सिफारिस निर्णयसम्बन्धी सक्कल फाइल तथा निजको व्यक्तिगत फाइल न्याय परिषद् सचिवालयबाट पेशीका दिन इजलाससमक्ष देखाई फिर्ता लैजाने गरी झिकाउनु ।”
आदेशमा अधिवक्ता सल्लु तिवारीविरुद्ध न्याय परिषद्को मुद्दामा सर्वोच्चबाट २०७६ जेठ २६ मा निर्णय भएको निवेदनको सक्कल मिसिल अदालतको अभिलेखबाट झिकाउनसमेत भनिएको छ ।
न्याय परिषद्को गत असार २४ गते बसेको बैठकले न्यायाधीश साहलाई योग्यता नपुगेको उल्लेख बर्खास्त गर्ने निर्णय गरेको थियो । सोही निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन साहले दायर गरेकी थिइन् । रिट निवेदनमा आफूले पाँच वर्ष काम गरिसकेपछि नियत बस हटाउने उल्लेख छ ।