arrow

जगदीप बने भारतका १४ औं उपराष्ट्रपति, प्रधानमन्त्री मोदीले दिए बधाई  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २१ शनिबार
modi-jagdeep.jpg

काठमाडौं । जगदीप धनखर भारतका १४ औं उपराष्ट्रपति बनेका छन् । शनिबार भएको चुनावमा उनले विपक्ष उम्मेदवार मार्गरेट अल्वालाई पराजित गर्दै उपराष्ट्रपतिमा जित हासिल गरेका हुन् । 

कुल ७२५ सदस्यले मत दिएकामा जगदीपले ५२८ मत पाए । जबकि अल्वाले मात्र १८२ मत पाए । १५ भोट रद्द भएको थियो । 

जगदीपले ११ अगस्तमा उपराष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिनेछन् । हालका उपराष्ट्रपति बैंकेया नायडूको कार्यकाल १० अगस्तमा सकिँदैछ । 

जगदीपले जित हासिल गरेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले भेटेर बधाई दिएका छन् । पराजित अल्वाले पनि उनलाई बधाई दिएका छन् । 

कुल ७८० भोट रहेकामा मात्र ७२५ भोट खसेको हो । लोकसभाका ५४३ र राज्यसभाका २२५ मत रहेका थिए । शनिबारको यो परिणाम पछिल्लो ६ उपराष्ट्रपतिको चुनावमा सबैभन्दा फराकिलो जित हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ