arrow

सचिनको सहयोगले अपाङ्ग स्कुलको भवन बन्ने

logo
प्रकाशित २०७३ भदौ १५ बुधबार
sachin-tendulkar_14725970.jpeg
नासिक । विश्व विख्यात क्रिकेटर सचिन तेन्दुलकरले एक अपाङ्गहरु पढ्ने स्कुललाई ४० लाख भारतीय रुपैयाँ सहयोग गरेका छन् । उनले सो स्कुलको भवन बनाउन रकम नभएर विद्यार्थीहरु पीडामा रहेको पाएपछि तत्काल ४० लाख रुपैयाँ दिएको भारतीय संचार माध्यमले जनाएका छन् ।
 
School building
 
भारतको नासिक जिल्लाको येवला तहसीलमा रहेको ‘मायाबोली निवासी कर्ण बधिर स्कुल’ लाई सो रकम दिएका हुन् । आगामी शनिबार ३ सेप्टेम्बरका दिन विश्व अपाङ्ग दिवसका अवसरमा सचिनकै हातबाट सो भवनको उद्घाटन हुने कार्यक्रम छ । 
 
School building
 
स्कुल चलाउने संस्था ‘समता प्रतिष्ठान’ ले गत सन् २०१५ को मे मा स्कुलको भवन बनाउन सुरु गरे पनि रकम अभावमा पूरा हुन सकेको थिएन । पछिल्लो ६ महिनादेखि रकम अभावमा काम ठप्प थियो । 
 
२१ वर्षदेखि संचालित यस स्कुलमा अहिले ११० अपाङ्ग विद्यार्थी पढ्छन् ।
 
यो स्कुललाई रकम दिएसंगै सचिनको उचाइ अझ बढेको छ । विश्व क्रिकेटका सबैभन्दा बढी कीर्तिमान बोकेका सचिनलाई भारतीयहरु भगवानको रुपमा मान्छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ