आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय मञ्चहरूमा भारत-रुस एकसाथ रहने
एजेन्सी,
प्रकाशित २०७९ साउन १९ बिहिबार
917
Shares
काठमाडौँ। संयुक्त राष्ट्र सङ्घ सहित विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा भारत र रुस आतङ्कवाद विरुद्ध एकजुट रहेका छन्। मस्कोमा भएको विदेश मन्त्रालय स्तरीय वार्तामा दुवै देशले आतङ्कवाद विरुद्ध सहयोगलाई अझ गहिरो बनाउने सहमति गरे।
बिहीवार मस्कोमा भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम) सञ्जय वर्मा र रुसी विदेश मन्त्रालयका अधिकारीहरूबिच मस्कोमा भएको बैठकमा अन्तर्राष्ट्रिय मञ्चहरूमा आतङ्कवादको मुद्दामा दुवै देशको भूमिकामाथि चर्चा भयो। संयुक्त राष्ट्र सङ्घसित सम्बन्धी मुद्दाहरूमा परामर्शको समय दुवै पक्ष आतङ्कवाद विरुद्ध संयुक्त राष्ट्र सङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा मिलेर आफ्नो पक्ष राख्नका लागि सहमत भए।
चर्चामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व रुसका विदेश मामिलाहरूका उप मन्त्री सर्गेई वासिलीविच वर्शिनिनले गरे। भारत र रुसी अधिकारीहरूले संयुक्त राष्ट्र सुरक्षा परिषद्का आगामी एजेन्डाहरू र हालका घटनाक्रमसित सम्बन्धित मुद्दाहरूमा पनि व्यापक चर्चा गरे। मस्कोमा भएको यो वार्ता युक्रेनमा जारी सङ्घर्षबिच भएको छ।
भारतीय पक्षले डिसेम्बर २०२२ मा सुरक्षा परिषद्को अध्यक्ष पद पाउँदा रुसी अधिकारीहरूलाई आफ्नो प्राथमिकताहरूसित पनि अवगत गरायो। भारत परिषद्मा आफ्नो वर्तमान कार्यकालमा दोस्रो पल्ट अध्यक्ष बन्नेछ। यस अवधिमा भारतीय प्रतिनिधिमण्डलले रुसका उप विदेश मन्त्री ओलेग व्लादिमिरोविच सिरोमोलोटोवसित पनि भेट गन्यो। यस अवधिमा दुवै देशले आतङ्कवादको सामना गर्ने तमाम तरिकाहरूमाथि पनि चर्चा गन्यो।