arrow

टाटा मोटर्सको जुलाईको मासिक बिक्री अहिले सम्मकै उच्च

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
Tata-Motors-range.jpg

काठमाडौँ। टाटा मोटर्सले गत जुलाई महिनाको आफ्नो बिक्री तथ्याङ्क सार्वजनिक गरेको छ। विगत एक वर्ष देखि उल्लेखनीय रूपमा भारतीय बजारमा बिक्री भइरहेको यस कम्पनीको विक्री परिमाण उक्त महिना पनि उच्च रह्यो। यस वर्षको जुलाई महिनामा टाटा ब्राण्डका ४७,५०५ वटा गाडीहरू विक्री भयो जबकि अघिल्लो वर्षको यसै महिना ३०,१८४ वटा गाडीहरू विक्री भएको थियो। तुलनात्मक हिसाबले यो ५७ प्रतिशतको वृद्धि दर हो।

नेक्सन एसयुभी टाटा मोटर्सको सबैभन्दा बढी बिक्री हुने मोडेल हो र यो सम्पूर्ण गाडी उद्ध्योगको सबैभन्दा बढी बिक्री हुने ५ गाडीहरूमध्ये एक पनि हो। यस एसयुभीको अलावा पन्च र एल्ट्रोजको बजार विक्री अवस्था पनि निरन्तर रूपमा उत्साहजनक बन्दै गएको छ।

परिणाम स्वरूप टाटाका गाडीहरूको कूल बिक्रीको वृद्धिमा प्रत्येक महिना नयाँ नयाँ रेकर्डको कायम भइरहेको छ। गत महिना ५,४३३ वटा टाटा टिगोरको (कम्प्याक्ट सेडान) बिक्री भएको थियो। यो मासिक बिक्री सङ्ख्या यसको सन् २०१७ को मार्च महिनामा बजारमा सार्वजनिक भएपछिको सबैभन्दा उच्च हो।

नेक्सन, टियागो र टिगोरको संरचनामा सन् २०२० को सुरुवातमा परिमार्जन भए पश्चात् यी तिनै वटा गाडीहरूको बिक्री परिमाणमा ठूलो अभिवृद्धि भएको छ। गत वर्षको जुलाई महिनाको तुलनामा यस वर्ष सोही महिनामा नेक्सनको बिक्रीमा १०५ प्रतिशतले वृद्धि भएको छ। यसरी यस गाडीले टाटा ब्राण्डको कूल वृद्धिमा ६४ प्रतिशत हिस्सा ओगटेको छ।

सन् २०२१ को अन्तिमतिर बजारमा ल्याइएको पन्च माइक्रो एसयुभीको बिक्री दर पनि गत महिना सबैभन्दा उच्च रहेको छ। सुरक्षाको लागि उपाधि प्राप्त यो पाँच सिट क्षमताको गाडी अल्फा प्ल्याटफर्म मा आधारित दोस्रो मोडल हो। गत महिना ११,००७ वटा पन्च बिक्री भएको थियो जसका कारण टाटा मोटर्सले भारतीय चार पाङ्ग्रे बजारको मासिक बिक्री परिमाणमा एक अर्को नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

टाटा मोटर्सको नेक्सन ईभी र टिगोर ईभीको गत महिना कूल बिक्री सङ्ख्या ४,०२२ रहेको छ। यो सङ्ख्या कम्पनीको आजसम्मकै विद्युतीय गाडीको क्षेत्रमा सबैभन्दा उच्च हो। आफ्नो विद्युतीय गाडीहरूको बढ्दो लोकप्रियताबाट उत्साहित हुँदै कम्पनीले ठूलो ब्याट्री प्याक र लामो दूरी तय गर्न सक्ने क्षमता भएको नेक्सन ईभी म्याक्स बजारमा ल्याएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ