arrow

मोदीलाई पाँच वर्षे बालिकाको भावुक पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
modi-letter-five-years-old.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाँच वर्षे एक बच्चीले भावुक पत्र लेखेकी छिन् । एक कक्षामा पढ्ने कृति दुबेले प्रधानमन्त्री मोदीलाई महंगी बढेको भन्दै पत्र लेखेकी हुन् । 

उनले लेखेको पत्रमा महंगी बढेकाले पेन्सिल, इरेजर र म्यागी किन्न नसकेको बताएकी छिन् । महंगीका कारण आफ्नो पेन्सिल साथीहरुले चोर्ने गरेको पनि उनले पत्रमा उल्लेख गरेकी छिन् । 

उत्तरप्रदेशको कन्नौजमा बस्ने उनले लेखेको पत्र उनका बाबुले मोदीलाई पठाइसकेका छन् । तर अहिलेसम्म कुनै जवाफ नआएको भारतीय संचारमाध्यमहरुले लेखेका छन् । 

उनको पत्रलाई भारतीय संचारमाध्यमले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । उनको पत्रमा लेखिएको छ, ‘मेरो नाम कृति दुबे हो । म कक्षा १ मा पढ्छु । मोदीजी तपाईले महंगी धेरै नै बढाउनु भयो । यहाँसम्मकि मेरो पेन्सिल, इरेजर पनि महंगो भयो । म्यागीको पैसा पनि बढ्यो । अब मेरी आमा पेन्सिल माग्दा मलाई पिट्नु हुन्छ । म के गरुँ ? बच्चाहरु पनि मेरो पेन्सिल चोरी गर्छन् ।’

यो पत्र अहिले सामाजिक संजालमासमेत भाइरल भइरहेको छ । आवास–विकास कोलोनीमा रहने बालिकाका बाबु विशाल दुबे पेशाले वकिल हुन् । उनले हुलाकमा गएर उक्त पत्र मोदीको नाममा पठाएका छन् । 

कृतिकी आमाले पनि महंगी बढेको बताउँछिन् । कृति सुप्रभाष एकेडेमीमा कक्षा १ मा पढ्छिन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ