arrow

पीएसजीले जित्यो ट्रफी डेस च्याम्पियनको उपाधि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
psg-trophess-des-champions-2022.jpg

काठमाडौं । फ्रेन्च ट्रफी डेस च्याम्पियन्सको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ । आइतबार राति भएको खेलमा नान्टेसलाई ४–० गोल अन्तरले हराउँदै पीएसजीले उपाधि जितेको हो ।

पीएसजीलाई जित दिलाउन नेयमारले दुई गोल गरे । त्यस्तै लियोनल मेस्सी र सर्जियो रामोसले १–१ गोल गरे । 

खेलको ८१ औं मिनेटमा जिन चार्लेसले रातो कार्ड पाएपछि नान्टेस १० खेलाडीमा समेटिएको थियो । 

यो प्रतियोगिताको उपाधिका लागि फ्रेन्च लिग वान च्याम्पियन र कोप डे फ्रान्स च्याम्पियनबीच खेल्ने गरिन्छ । 

पीएसजी लिग वान र नान्टेस कोप डे फ्रान्स च्याम्पियन हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ