arrow

जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
bayern-munich-super-cup-football-2022.jpg

काठमाडौं । जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । शनिबार राति भएको फाइनलमा आरबी लेप्जिगलाई ५–३ गोल अन्तरले हराउँदै बायर्नले उपाधि जितेको हो ।

रेड बुल एरिनामा बायर्नलाई जित दिलाउन जमल मुसियाला, साडियो माने, बेन्जामिन पाभर्ड, सेर्जी जिनाब्री र लोरी सानेले एक एक गोल गरे ।

लाइपजिगका मार्सल हाल्स्टेनबर्ग, क्रिस्टोफर एनकुकू र डानी ओल्मोले एक एक गोल गरे ।

यो प्रतियोगिताको उपाधिका लागि जर्मन बुन्डेसलिगा च्याम्पियन र जर्मन नकआउट कप कम्पिटिशन प्रतियोगिता (डीएफबी पोकल) को विजेताबीच हुने गर्छ । बायर्न बुन्डेसलिगा च्याम्पियन हो भने लेप्जिगले डीएफएबी पोकल जितेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ