उपत्यकामा बिहानैदेखि वर्षा, देशभर मध्यम वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १२ बिहिबार
738
Shares
काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि वर्षा भइरहेको छ । उपत्यकासहित देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।
आज दिउँसो पनि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का केही भूभागमा सामान्य देखि पूर्ण बदली रही चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।