arrow

टाटा नेक्सन ईभीको प्रथम वर्ष सफलतापूर्वक पूरा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
tata-nexon-EV-first-year-nepal-2022.jpg

काठमाडौँ। सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन ईभीको नेपाली बजारमा विक्री वितरण प्रारम्भ भएको प्रथम वर्ष आज सफलतापूर्वक पूरा गरेको छ। यस ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्स्द्वारा गरिएको हो। 

नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले सिप्रदीले नेक्सन ईभी नेपालमा ल्याएको हो। एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रूपमा स्थापित गरेको छ। मुलुकको विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन इभी एक्लैले ओगटेको छ।

यो उल्लेखनीय  सफलताको प्रमुख कारण आकर्षक बनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून सञ्चालन खर्च, उत्कृष्ट कार्यक्षमता आदि हुन्। यसै गरी द्रुत चार्जिङ्ग क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताहरूबाट यो सुसज्जित छ। ‘फास्ट चार्जिङ्ग’ र ‘स्लो चार्जिङ्ग’ दुवैको लागि चर्जिङ्ग स्टेसनको वृहत् सञ्जाल एवं अत्याधुनिक सुविधा सम्पन्न सेवा केन्द्रले गर्दा पनि नेक्सन ईभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सक्षम भएको हो।

यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट ईभी चर्जिङ्ग एप –‘इजी’ एप–मार्फत चार्ज गर्न सकिछ।  यो एपको प्रयोग हाल एक हजार भन्दा बढी परिवारहरूले गरिरहेका छन्।

दक्ष कर्मचारी एवं भौतिक संसाधनहरूको प्रभावकारी परिचालन गरी सिप्रदीले नेक्सन इभीका हरेक ग्राहकहरूले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि सञ्चालन गरिरहेको छ। यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक सञ्जाल रहेको छ भने यसले हालसम्म होटेल, अस्पताल, बैङ्क, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरूमा १२० भन्दा बढी एसी चार्जर हरु जडान गरेको छ।

नेक्सन इभीको नेपालमा विक्री वितरण भएको प्रथम वर्ष पूरा भएको अवसरमा यसको ग्राहकहरूलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै छ। यस्ता कार्यक्रमहरूले उनीहरूको यस गाडीसँगको सम्बन्धलाई अझ विशेष बनाउने कम्पनीले विश्वास राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ