arrow

उमेश मानन्धर बने नेपालकै उत्कृष्ट मेकानिक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
sipradi-tata-mechanics-awarded.jpg

काठमाडौँ। सिप्रदी अटोपार्टस् प्रालि र टाटा मोटर्स् लिमिटडको आयोजनामा नेपाल भरी छरिएर रहेका १२०० भन्दा बढी मेकानिक हरूको सिप र क्षमताको प्रतिस्पर्धा सम्पन्न भएको छ। उक्त प्रतिस्पर्धामा बनेपाका उमेश मानन्धर प्रथम, बुटवलका अम्बर गुरुङ द्वितीय र काठमाडौँ डेम लामाले तृतीय स्थान हासिल गरेका छन्।

प्रतियोगिता लिखित र मौखिक दुई चरणमा आयोजना गरिएको थियो। पहिलो चरणमा २०० र दाम्रो चरणमा ३० जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो।

टाटा मोटर्स्का सवारी साधनहरूलाई देशको जुनसुकै स्थानमा जुनसुकै समयमा मर्मत सम्भार सहज रूपमा प्राप्त होस् भन्ने उद्देश्यले स्थानीय मेकानिक्स हरूसँग सहकार्यका विभिन्न कार्यहरू अगाडि बढाइएको छ। जसमध्ये टाटा गुरु कार्यक्रम एउटा महत्त्वपूर्ण कार्यक्रम रहेको छ, र तिनै टाटा गुरुहरूलाई आवश्यक तालिम, ज्ञान र क्षमता अभिवृद्धि गराउँदै पनि आएको छ।

बजारमा रहेका टाटा गुरुहरूको क्षमताको परीक्षण गरी आवश्यक सुधार गर्नुपर्ने ठाउँहरूको पहिचान गर्नका निमित्त टाटा गुरुहरूको क्षमताको प्रतिस्पर्धा गर्ने कार्यक्रमको नाम गुरु क्षेत्र रहेको सिप्रदी अटोपार्टस् प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी बत्ताउँछन्।

साथै यस प्रतिस्पर्धाबाट उत्कृष्ट तीन जनालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि पठाइने कुरा उनी बत्ताउँछन्। तीन सय भन्दा बढी मेकानिक्सहरूको सहभागिता रहेको उक्त कार्यक्रममा अन्य विभिन्न क्षेत्र र विधामा पनि उत्कृष्टता हासिल गर्ने टाटा गुरुहरू पुरस्कृत भएका छन्।

चितवनको सेभेन स्टार होटेलमा आयोजना गरिएको उक्त कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले सम्बोधन गरेका थिए। सबै टाटा गुरुहरूको क्षमता अभिवृद्धाको जिम्मेवारी सिप्रदीले लिने पनि बताएका छन्। 

साथै कार्यक्रममा सिप्रदी ग्रुप अफ कम्पनीका प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले पनि सम्बोधन गरेका छन्। टाटा मोटर्सका तर्फबाट इन्टरनेशनल बिजनेस हेड निल कुमार मिश्रले सम्पूर्ण गुरुहरूलाई धन्यवाद भन्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि शुभकामना व्यक्त गरे।

उक्त कार्यक्रममा सहभागी सम्पूर्ण मेकानिक्सहरूले टाटा मोटर्स्ले आफूहरूलाई उचित सम्मानका साथ सहकार्यको प्रतिबद्धता गरेकोमा धेरै खुसी रहेको कुरा बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ