फिलिपिन्सको शक्तिशाली भूकम्पमा परी चार जनाको मृत्यु, साठी बढी घाइते
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
1.1k
Shares
काठमाडौं । फिलिपिन्समा आएको भूकम्पमा ४ जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी घाइते भएका छन् । देशको लुजोन टापुमा बुधबार ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो ।
भकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्याएको छ । भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो । भूकम्पले हल्लाउने वित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर खाली स्थानमा पुगेका थिए ।