arrow

ऋषि सुनक र लिज ट्रस बीचको बहसमा प्रस्तोता नै बेहोस भएपछि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
rishi-sunak-liz-truss-mccann.jpg

काठमाडौं । टोरी नेतृत्वका लागि आयोजित लाइभ बहस कार्यक्रममा प्रस्तोता बेहोस भएपछि कार्यक्रम रद्द भएको छ । टोरी नेतृत्वका लागि ऋषि सुनक र लिज ट्रस बीचको पछिल्लो बहसमा प्रस्तोता बेहोस भएपछि कार्यक्रम रोकिएको हो । 

पत्रकार केट म्याकनद्वारा आयोजित सन र टकटीभी बहस ठूलो आवाज सुनिएपछि अचानक बीचमै रोकिएको थियो । टकटीभीका नुसार म्याकक्यान “ठीक“ थिइन तर च्यानललाई जारी नगर्न चिकित्सकीय सल्लाह दिइएको थियो।

उक्त घटनापछि च्यानलले माफी मागेको छ । ‘हामी हाम्रा दर्शक र श्रोताहरूसँग माफी चाहन्छौं’, च्यानलले भनेको छ । 

म्याकक्यान ठीक छन् भन्ने खवरले आफूहरूलाई राहत मिलेको नेतृत्व उम्मेदवारहरूले ट्वीट गरेका छन् । टकटीभी प्रस्तोताले सनका राजनीतिक सम्पादक ह्यारी कोलको साथमा बहसको सह–होस्ट गर्ने कार्यतालिका थियो । तर, उनलाई कोभिड भएपछि कार्यक्रममा आएका थिएनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ