arrow

चीन क्षेत्रीय र वैश्विक सुरक्षाको निम्ति 'सबैभन्दा ठूलो खतरा' : ऋषि सुनक

logo
एजेन्सी,
प्रकाशित २०७९ साउन १० मंगलबार
rishi-sunak-uk-british.jpg

लन्डन। भारतीय मूलका ऋषि सुनकले उनी प्रधानमन्त्री बने चीनको निम्ति 'रेड कार्पेट' नओछ्याइने घोषणा गरेका छन्। उनले चीनलाई क्षेत्रीय र वैश्विक सुरक्षाको निम्ति 'सबैभन्दा ठूलो खतरा' रहेको ठहर गरे। ब्रिटेनमा प्रधानमन्त्री बन्ने दौड लगातार रोमाञ्चक र चुनौतीपूर्ण बन्दै गराईहेको छ।

यस दौडको फाइनलमा पुगेका दुई दाबेदार ऋषि सुनक र लिज ट्रसबीच लगातार कडा भिडन्त चलिरहेको छ। हालै लिज ट्रसले ऋषि सुनकमाथि चीन र रुसप्रति कमजोर रवैया अपनाएको आरोप लगाएकी थिइन्। यसपछि सुनकले चीन विरुद्ध कडा प्रतिक्रिया दिँदै आफू प्रधानमन्त्री बने सबै ३० कन्फ्यूशियन संस्थानहरूलाई बन्द गर्ने, संस्कृति र भाषा कार्यक्रमहरूको माध्यमले चीनको बढ्दो प्रसारलाई रोक्ने भनेका छन्।

सुनकले चीनमाथि प्रविधि चोरी गरेको र ब्रिटिस विश्वविद्यालयहरूमा घुसपैठको आरोप लगाउँदै उनले चिनियाँ कम्युनिस्ट पार्टीलाई देशका विश्वविद्यालयहरूदेखि बाहिर निकाल्ने वाचा गरे। उनले भने, 'ब्रिटेनको आन्तरिक गोप्य एजेन्सी एमआई५को प्रयोग चिनियाँ जासुसीलाई रोक्नका लागि गरिनेछ र मैलै साइबर स्पेसमा खतराहरूको सामना गर्नका लागि 'नाटो-जस्तो' एक अन्तर्राष्ट्रिय गठबन्धन बनाउने प्रयास पनि गर्नेछु'। उनले विकासशील देशहरूलाई ऋणको जालमा फसाएकोमा चीनले आलोचना पनि गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ