arrow

सिप्रदी-लोकोन्याभ बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ८ आइतबार
sipradi-loco-nav.jpg

काठमाडौँ। नेपालको अटोमोबाइल उद्योगको अग्रणी कम्पनी सिप्रदी ट्रेडिङ्ग प्रालिले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ। लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो जसले गाडीहरूलाई प्रभावकारी रूपले व्यवस्थापन गर्न मद्दत पुर्‍याउँछ। गाडीको ट्रयाकिङ, इन्धन सुपरिवेक्षण र भिडियो टेलिम्याट्रिक्स जस्ता प्रयोजनका लागि लोकोन्याभ अत्यन्त उपयुक्त छ।

“सिप्रदी ट्रेडिङ्ग प्रालिले सुरुवाती दिनदेखि नै आफ्ना ग्राहकहरूको वृहत् हितलाई ध्यानमा राखी अटोमोटिभ एवं सो सम्बन्धित व्यापारको क्षेत्रमा आफूलाई सशक्त ढङ्गले अगाडि बढाइरहेको छ। यसै परिप्रेक्षमा कम्पनीले लोकोन्याभ नेपाली बजारमा ल्याएको छ जसले गाडीको सही व्यवस्थापन गर्न ठूलो सहयोग गर्नेछ,” सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ भन्छन्। “यस लोकोन्याभ प्लेटफर्म मार्फत सिप्रदीले नेपालको गाडी व्यवस्थापन प्रणालीमा आमूल परिवर्तन गर्ने लक्ष्य राखेको छ।”

यसै गरी लोकोन्याभका सह संस्थापक श्रीधर गुप्ता भन्छन् “हामी केही दिनमा नै छैटौँ वर्षमा प्रवेश गर्दैछौं र यसलाई हाम्रो नेपालस्थित सिप्रदीसँगको बलियो सहकार्यले अझ विशेष बनाउँदछ। हामी नेपाल जस्तो आर्थिक रूपमा उदीयमान बजारमा उत्कृष्ट भन्दा उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन प्रदान गर्न प्रतिबद्ध छौँ।

लोकोन्याभ एक यस्तो सफ्टवेयर कम्पनी हो जुन विश्वका उदीयमान एवं गतिशील बजारहरूका चालक एवं गाडी धनीहरूको फ्लिट म्यानेजमेन्टको पहुँचलाई सरल बनाउने तर्फ केन्द्रित छ। विश्वका ५० भन्दा बढी मुलुकहरूमा उपस्थिति भएको लोकोन्याभ एउटै प्लेटफर्मबाट गाडी सञ्चालनको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ। नवीन प्रविधिहरूको प्रयोगमा बनेको यस प्लेटफर्मले गाडी धनी र चालकहरूलाई कम भन्दा कम खर्चमा उच्च कार्यक्षमता हासिल गर्न सहयोग गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ