आफ्नै अन्तरिक्ष स्टेशन बनाइसक्दै चीन, प्रक्षेपण गर्यो दोस्रो मोड्युल
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ८ आइतबार
1.1k
Shares
काठमाडौं । चीनले योजनाबद्ध रुपमा अन्तरिक्ष स्टेशन बनाउने तयारी अनुरुप प्रक्षेपण गर्न थालेको तीन मुख्य मोड्युलमध्ये दोस्रो मोड्युलको प्रक्षेपण गरेको छ । यससँगै सन् २०२२ को अन्तसम्म अन्तरिक्ष स्टेशन तयार पारिसक्ने चीनको लक्ष्य झनै नजिएको छ ।
२३ टनको यो मोड्युल प्रयोगशालाका रुपमा रहेको छ । चीनको सबैभन्दा शक्तिशाली रकेट लङ मार्च ५बीले दिउँसो २ बजेर २२ मिनेटमा यो मोड्युललाई प्रक्षेपण गरेको हो ।
यसअघि बेइजिङले सन् २०२१को अप्रिलमा आफ्नो अन्तरिक्ष स्टेशनको पहिलो मोड्युल कक्षमा पठाएको थियो।
करिब १८ मिटर लामो यो दोस्रो नयाँ मोड्युल अब, अन्तरिक्षमा यसअघि नै रेको मोड्युलमा गएर जोडिनेछ ।
यदि त्यो सफल भयो भने तेस्रो र अन्तिम मोड्युल आउँदो अक्टोबरमा प्रक्षेपण हुने छ । यससँगै तियाङगोङ अर्थात् स्वर्गीय दरबार नाम दिइएको अन्तरिक्ष स्टेशनको निमार्ण पूरा हुनेछ ।
यद्यपि, यसअघि पहिलो मोड्युल पठाएदेखि नै त्यहाँ चिनियाँ अन्तरिक्ष यात्रि पुगिसकेका छन् । उनीहरुले त्यहाँ अन्तरिक्ष अन्वेषणसम्बन्त्री गतिविधिसमेत सुरु गरिसकेका छन् ।