पाकिस्तानले बङ्गलादेशको गल्ती बलुचिस्तानमा दोहोर्याउन सक्छ : अरबिया पोस्ट
एजेन्सी,
प्रकाशित २०७९ साउन ७ शनिबार
559
Shares
इस्लामावाद। बलुच विद्यार्थीहरू विरुद्ध पाकिस्तानी सेनाको दमनकारी अभियान पाकिस्तानको 'बङ्गलादेश' गल्ती साबित हुन सक्छ। पाकिस्तानी सेनाको टोलीहरू बलूच समुदायका युवाका विरोधको लहरलाई क्रूरतापूर्वक दबाउन देशका विभिन्न भागहरूमा अध्ययनरत युवा बलूच विद्यार्थीहरूलाई लक्षित गर्न निर्दयी अभियान थालेका छन्, अल अरबिया पोस्टले रिपोर्ट गरेको छ।
बलुचिस्तानबाट आफ्नै जनतालाई अलग्गै राख्ने र दमन गर्ने सेनाको नीतिले ६० को दशकको उत्तरार्धमा पाकिस्तानले भाषाको मुद्दामा बङ्गाली मुसलमानहरूमाथि दमनको क्रूर लहर चलाएको र हार बेहोरेको जस्तो अवस्था सिर्जना हुनसक्छ भन्ने नागरिक समाजका धेरै जना विश्वास गर्छन्। पछिल्ला केही महिनाहरूमा बलूच विद्यार्थीहरूमाथि अज्ञात सशस्त्र व्यक्तिहरूले घर र उनीहरूको कलेज बाहिर आक्रमण गरे, उनीहरूका फोनहरू खोसिए र ठूला, नम्बर नभएका सवारी साधनहरूमा राखी लगे।
तिनीहरू सबैलाई गोप्य कक्षहरूमा निर्दयी रूपमा कुटिएको थियो, उल्टो झुन्ड्याइएको थियो र धेरै दिनसम्म भोकै राखिएको थियो, अल अरबिया पोस्टले रिपोर्ट गरेको छ।
विभिन्न अनुमानका अनुसार विगत केही वर्षमा ५,००० भन्दा बढी बलुच पुरुष र महिला 'बेपत्ता' भएका छन्। तीमध्ये पछिल्लो समय विश्वविद्यालयमा युवा विद्यार्थीको सङ्ख्यामा डरलाग्दो वृद्धि भएको छ।