arrow

बेलायतको प्रधानमन्त्री बन्न ऋषि सुनक र लिज ट्रसबीच अन्तिम प्रतिस्पर्धा हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
rishi-sunak-liz-truss.jpg

काठमाडौं । बेलायतको प्रधानमन्त्री एवं कन्जरभेटिभ पार्टीको लिडर चयनका लागि दाबेदार ८ जना मध्ये अन्तिम दौडमा दुईमा सांसद ऋषि सुनक र लिज ट्रस पुगेका छन् । 

बुधबार तीन जनामध्ये दुई जना छान्नका लागि भएको मतदानमा ऋषि सुनकले करिब १४० मत पाएका छन् भने, लिज ट्रसले करिब १२० मत पाएकी छन् ।

करिब १०५ मत पाएकी पेनी मोरडन्ट प्रधानमन्त्री एवं कन्जरभेटिभ पार्टी लिडरको दौडबाट बाहिरिएकी छन् । 

अब सुनक र ट्रसमध्ये एक जनालाई पार्टीको लिडर एवं प्रधानमन्त्री बनाउन कन्जरभेटिभ पार्टीका सदस्यहरूले मतदान गर्नेछन् । चुनावी अभियानपछि हुने मतदानको अन्तिम नतिजा सेप्टेम्बर ५ मा सार्वजनिक हुनेछ र विजेताले बोरिस जोनसलाई विस्थापित गर्नेछन् ।

चुनावी अभियान सुरु हुन लाग्दा सुनकले सन् १९८० को दशकमा मार्गरेट थ्याचरले गरेजस्तै कट्टरपन्थी सुधारहरूको सेट प्रस्तुत गर्ने बताएका छन् । 

यस्तै ट्रसले कर कटौती, उद्यम बढाउने र व्यापार अनुकूल कन्जरभेटिभ नीतिको प्रतिबद्धता गरेकी छन् ।

करिब डेढ महिनाको अवधिमा ठूलो उथलपुथल नभए पछिल्लो नतिजा हेर्दा सुनक प्रधानमन्त्री पदका लागि जित हात पार्न सक्ने देखिएका छन्। तर, प्रधानमन्त्री चयनका लागि सांसद भन्दा तल पार्टीका सदस्यहरूले मत हाल्ने हुँदा अहिले नै ठोस रूपमा भन्न सकिने स्थिति भने छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ