arrow

नेपालको पासपोर्ट विश्वकै खराब स्थानमा, उत्तर कोरियाभन्दा पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ४ बुधबार
country-passports.jpg

काठमाडौं । लन्डनस्थित ग्लोबल नागरिकता र निवास सल्लाहकार फर्म हेन्ले एन्ड पार्टनर्सले जारी गरेको नयाँ त्रैमासिक प्रतिवेदनले नेपालको पासपोर्ट (राहदानी) विश्वकै सबैभन्दा खराबमध्येको सातौं स्थानमा राखेको छ ।

कुन देशको राहदानीले कति देशमा फ्रि भिसा अथवा मागेकै बेला भिसा प्रदान गर्छ भन्ने मुख्य आधारमा तय गरिएको पासपोर्ट क्षमता अनुसार जापान पहिलो नम्बरमा रहेको छ । सबैभन्दा शक्तिशाली पासपोर्ट हुने तीन देश जापान, सिंगापुर र दक्षिण कोरिया एसियाली देश हुन् ।

सबैभन्दा शक्तिशाली जापानी राहदानी भएका व्यक्तिले विश्वका १९३ देश र क्षेत्रमा फ्री भlसामा भ्रमण गर्न सक्छन् । यस्तै दोस्रो शक्तिशाली सिंगापुर र दक्षिण कोरियाको पासपोर्ट हुनेहरुले विश्वका १९२ गन्तव्यमा फ्री भिसा भ्रमण गर्न सक्छन् ।

तेस्रोमा जर्मनी र स्पेनको पासपोर्टले १९० गन्तव्यमा फ्री भिसा उपलब्ध गराउँछ ।

सबैभन्दा खराब, कमजोर वा कम फ्री भिसा हुने देशको सातौं स्थानमा नेपाल रहेको छ । सबैभन्दा खराब अफगानिस्तानको पासपोर्ट हुनेहरुका लागि विश्वका २७ देश र क्षेत्रमा फ्री भिसा उपलब्ध छ । 

यस्तै दोस्रो खराब अथवा कमजोर इराकको पासपोर्ट हुनेहरुले २९ गन्तव्यमा फ्री भिसा पाउँछन्, तेस्रोमा सिरिया ३०, पाकिस्तान ३२, यमन ३४, सोमालिया ३५ र सातौंमा नेपाल र प्यालेस्टाइन क्षेत्रको पासपोर्ट हुनेहरुका लागि ३८ देश र क्षेत्रको फ्री भिसा उपलब्ध छ । आठौं नम्बरमा ४० देशको फ्री भिसा उपलब्ध रहेको उत्तर कोरियाको पासपोर्ट रहेको छ ।

कुल ११२ देशमध्ये खराब पासपोर्ट हुनेमा नेपाल १०६ नम्बरमा रहेको छ । सबैभन्दा राम्रो जापान एक नम्बरमा र अफगानिस्तान ११२ औं नम्बरमा रहेको छ ।

आफ्ना नागरिकहरूलाई प्रदान गर्ने पहुँचका आधारमा विश्वव्यापी राहदानीहरू क्रमबद्ध गर्नका लागि हेन्ले एण्ड पार्टनरले सिर्जना गरेको धेरै सूचकांकहरू मध्ये एक हो ।

एसियाली शीर्ष तीन देश बाहेक धेरै जसो युरोपेली देशहरूको पासपोर्ट सबैभन्दा शक्तिशाली देखिएका छन् । ६० देशको फ्री भिसा उपलब्ध भारत ६० औं नम्बरमा रहेको छ । ८० देशको फ्री भिसा प्रदान गर्ने चीनको पासपोर्ट ६९ औं नम्बरमा रहेको छ ।

हेर्नुहाेस् सुची:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ