arrow

दुई विमान आकाशमा ठोक्किए, चारको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
accident-final-1618290232.jpg

काठमाडौं । संयुक्त राज्य अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टमा आइतबार मध्याह्न यात्रा गरिरहेका साना विमानहरू आकाश ठोक्किँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

शुरुमा चार जनाको मृत्यु भएको जनाएको छ ।  दुर्घटना अझै अनुसन्धान जारी रहेको उत्तरी लस भेगास फायर डिपार्टमेन्टले ट्वीट गरेको छ ।

पाइपर पीए–४६ अवतरणको तयारी गरिरहेको अवस्थामा सेस्ना १७२ सँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारीले देखाएको छ । प्रत्येक विमानमा दुई जना सवार रहेका जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ