arrow

राजेश खन्ना : जसले यी अभिनेत्रीलाई असाध्यै गर्थे माया, मृत्युको क्षणमा पनि समाए हात

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
rajesh-khanna-anju.jpg

काठमाडौं । दिवङ्गत अभिनेता राजेश खन्ना भारतीय सिनेमाका पहिलो सुपरस्टार हुन् ।  १८ जुलाई २०१२ मा राजेश खन्नाको निधन भएको थियो । उनको निधन भएको नौ वर्ष भइसकेको छ । 

बलिउड उद्योगका पहिलो मेगास्टार राजेश खन्नाले आफ्नो अभिनयले मानिसहरूलाई पागल बनाएका थिए। बलिउडमा काका भनेर चिनिने राजेश खन्नाको जस्तो स्टारडम कसैको थिएन । 

राजेश खन्ना ७० र ८० को दशकका शीर्ष अभिनेता थिए । सो समय बलिउडमा राजेश खन्ना हिट फिल्मको ग्यारेन्टी बनेका थिए । राजेश खन्ना फिल्ममा प्रवेश गर्ने बित्तिकै हिट भने भएनन् । धेरै वर्षको मिहिनेतपछि उनले सुपरस्टारको हैसियत हासिल गरेका थिए । 

राजेश खन्नाले मार्च १९७३ मा अभिनेत्री डिम्पल कपाडियासँग विवाह गरेका थिए । तर दुवै लामो समय सँगै बस्न सकेनन् । विवाहको करिब ११ वर्षपछि अर्थात् सन् १९८४ मा दुवै अलग भए, तर सम्बन्ध विच्छेद भने भएन । उनीहरूका दुई छोरी ट्विंकल खन्ना र रिंकी खन्ना छन् ।

डिम्पल कपाडिया भन्दा पहिले राजेश खन्ना अभिनेत्री अन्जु महेन्द्रुसँग सात वर्षसम्म सम्बन्धमा थिए । राजेश खन्ना उनीसँग विवाह गर्न चाहन्थे, तर अन्जुले सधैँ अस्वीकार गरिन् ।

अन्जु बलिउडमा आफ्नो भाग्य जाँच्न खोजी रहेकी थिइन्, खन्ना फिल्म उद्योगको सबैभन्दा ठूलो नाम थियो। दुबै जना धेरै सार्वजनिक कार्यक्रम र फिल्मी पार्टीहरूमा देखिएका थिए।

पछि दुवै अलग भए। यसपछि राजेश खन्ना अन्जुसँग निकै रिसाउने गर्थे । भनिन्छ, राजेश खन्नाले जानाजानी अञ्जुको घरबाट उनको विवाहको जन्ती निकालेका थिए । उनले अन्जुको करियर पनि समाप्त गरिदिए । लगभग १७ वर्षसम्म अन्जु र राजेश खन्नाले एक अर्कासँग कुरा गरेनन्।

 राजेश खन्नाको मृत्यु हुनुभन्दा केही समयअघि दुवैको सम्बन्ध राम्रो भएको थियो । अन्जु राजेशको हेरचाह गर्थिन् । सन् २०१२ मा राजेश खन्नाको मृत्यु हुँदा अन्जु उनीसँगै थिइन् । 

यी दुईबीच यति धेरै माया थियो कि राजेश खन्नाको मृत्युपछि अन्जुले भनेकी छन्, ‘मलाई न्याय मिलेको छ उनले अन्तिम सास फेर्दा मैले उनको हात समातेकी थिएँ ।' 

अन्जु अझै पनि राजेश खन्नालाई धेरै मिस गर्छिन्। उनले आफ्नो जन्मदिनमा पनि तस्बिर शेयर गरिरहेकी हुन्छिन् ।

सन् १९६६ मा रिलिज भएको फिल्म आखरी खतबाट बलिउडमा डेब्यू गरेका यी सुपरस्टारले आफ्नो करियरमा आनन्द, आराधना, अमर प्रेम, काटी पतंग, बावर्ची, आप की कसम, इत्तेफाक, हाथी मेरे जस्ता धेरै सुपर हिट फिल्म दिए । 

उनले अभिनय गरेको साथी, आरुष, अन्दाज, दाग, मेहबुबा, कर्मा, स्वर्ग, छोटी बहू र मेरे जीवन साथी जस्ता चलचित्रहरू जीवन्त छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ