नवलपुर । नवलपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचुली नगरपालिका वडा नं. ५ का १८ वर्षीय आयुश सिजाली रहेका छन् ।
सोमबार पाँच जनासहित माछा मार्न गएका बेला सिंजालीलाई करेन्ट लागेपछि उपचारका लागि देवचुली अस्पताल ल्याईएको र उपचारको क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
घटनास्थलमा सिजाली रहेका देवचुली वडा नं ७ का खेमबहादुर सोती, वडा नं ५ का टोपबहादुर सिजालीले भन्ने भुवन सिह मगर र वडा नं ५ का शुकबहादुर मुग्लीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।