arrow

करेन्ट लागेर एक युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३० बिहिबार
death photo.jpg

नवलपुर । नवलपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचुली नगरपालिका वडा नं. ५ का १८ वर्षीय आयुश सिजाली रहेका छन् । 

सोमबार पाँच जनासहित माछा मार्न गएका बेला सिंजालीलाई करेन्ट लागेपछि उपचारका लागि देवचुली अस्पताल ल्याईएको र उपचारको क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। 

घटनास्थलमा सिजाली रहेका देवचुली वडा नं ७ का खेमबहादुर सोती, वडा नं ५ का टोपबहादुर सिजालीले भन्ने भुवन सिह मगर र वडा नं ५ का शुकबहादुर मुग्लीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ