-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले सेना र प्रहरीलाई देशको हालत सम्हाल्न आदेश दिएका छन् ।
आर्थिक र राजनीतिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा चर्को विरोध भएपछि राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार देश छाडेर भागेका थिए ।
अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार उनले देशमा शान्ति स्थापना गर्नको लागि आवश्यक कदम उठाउन सेना र प्रहरीलाई आदेश दिएको हुन् ।
कार्यवाहक राष्ट्रपतिको यो आदेशसँगै सेनाले शान्ति स्थापनाको लागि सहयोग गर्न अपील गरेको छ ।