प्रभु बैंकको ६८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी
हाम्रा कुरा
प्रकाशित २०७९ असार २८ मंगलबार
1.3k
Shares
काठमाडौं । प्रभु बैंकले ६८ हजार ३९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै यसअघि विद्यमान संस्थापक सेयरधनीहरूमा बिक्रीको आह्वान गर्दा आवेदन नपरेकाले सर्वसाधारणमा यो सेयर जारी गरिएको जानकारी दिएको हो ।
बैंकले शंकरलाल अग्रवालको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागेको हो ।
यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी बाहेकका व्यक्ति तथा संस्थाहरूले आगामी १५ दिनभित्र निवेदन दिन बैंकले भनेको छ ।