arrow

श्रीलंकाका राष्ट्रपतिले पुटिनसँग मागे तेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
gotabaya-rajapaksa.jpg

काठमाडौं । सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछिको सबैभन्दा नराम्रो आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाका राष्ट्रपतिले नगद अभावमा परेको बेला इन्धन आयातमा सहयोग गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेको बताएका छन् ।

बिहीबार श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले पुटिनसँग धेरै फलदायी छलफल भएको बताएका हुन्।

श्रीलंकाका ऊर्जा मन्त्रीले शनिबारसम्म त्यहाँको सबै पेट्रोल सकिने चेतावनी दिएपछिको अवस्थामा यस्तो पहल चालिएको हो।

बुधबारसमेत राजधानी कोलम्बोमा सयौं मानिस सडकमा उत्रिएर सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।

राष्ट्रपति राजापाक्षेले पुटिनसँगको फोनकलको सन्दर्भ उल्लेख गर्दै ट्विटरमा भनेका छन्,'मैले इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव अनुरोध गरेको छु ।'

गत महिना रुसी ध्वजवाहक एरोफ्लोटले सेवा निलम्बन गरेपछि राजापाक्षेले मास्को र कोलम्बो बीचको उडानहरू पुनः सुचारु गर्नका लागि 'विनम्रतापूर्वक अनुरोध' गरेको समेत बताएका छन् ।

'पर्यटन, व्यापार र संस्कृति जस्ता क्षेत्रहरूमा द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्नु हाम्रो दुई राष्ट्रको साझा मित्रतालाई सुदृढ पार्न सर्वोपरि भएको कुरामा हामी सर्वसम्मतले सहमत भएका छौं,' उनले अघि भनेका छन् ।

श्रीलंकाले यसअघि पनि रुसबाट तेल किनिसिकेको छ । अहिले रुसबाट थप उर्जा आयातको संकेत श्रीलंकाले गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ