arrow

मोदी सरकारका दुई मन्त्रीले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २३ बिहिबार
narendra-modi2.jpg

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका दुई मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । 

मोदी नेतृत्वको मन्त्रीपरिषद्का सदस्यद्वय मुख्तर अब्बास नाक्भी र आरसीपी सिंहले राजीनामा दिएका हुन् । 

उनीहरू दुवै जना राज्य सभा सदस्य थिए । उनीहरुको राज्य सभा सदस्यको कार्यकाल बिहीबारदेखि सकिने भएकाले उनीहरुले एक दिन अगाडि नै मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

मन्त्री भएकै बेला संसद सदस्यको म्याद सकिएर मन्त्री पद छोड्नु परेको यो पहिलो पटक हो । उनीहरु फेरि निर्वाचित हुनु अगाडि छ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था छ । उनीहरूलाई फेरि मन्त्रीको रूपमा सपथ खुवाइने सम्भावना पनि रहेको छ ।

हालै भएको राज्य सभा निर्वाचनबाट धेरै नेता निर्वाचित भएर आएका छन् । भारतको उत्तर प्रदेश, महाराष्ट्र, मध्य प्रदेश र राजस्थानमा राज्य सभा निर्वाचन हालै भएको हो । अहिले भएको निर्वाचनमा नाक्भीलाई भने पार्टीले उम्मेदवार बनाएको थिएन । 

जेडीयू गठबन्धनको तर्फबाट विहारबाट निर्वाचित भएका आरसीपी सिंहले सन् २०२१ को जुलाई ७ मा सपथ लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ