arrow

पीएसजीले ल्यायो नयाँ मुख्य प्रशिक्षकमा गल्टियरलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
christof-galtiyr-football-coach-garman.jpg

काठमाडौं । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ मुख्य प्रशिक्षक ल्याएको छ । क्रिस्टोफ गल्टियर पीएसजीको नयाँ मुख्य प्रशिक्षक बनेका हुन् । पीएसजीले मंगलबार मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै गल्टियरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

यी जर्मन प्रशिक्षकले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । यसअघि उनले फ्रान्सकै अर्को लिग वान क्लब निसको टोली सम्हालेका थिए ।

यसरी हटाइए पोचेटिनो
पीएसजीले पोचेटिनोलाई बर्खास्त गरेको छ । पीएसजीले मंगलबार अर्जेन्टाइन प्रशिक्षकलाई बर्खास्त गरेको हो । फ्रेन्च लिगमै दिग्गज खेलाडीहरु भए पनि पीएसजी दोस्रो भएसँगै क्लब उनीसँग रुष्ट भएको थियो । 

त्यसलगत्तै पीएसजीले सम्झौता बाँकी रहँदै उनलाई बर्खास्त गरेको हो । पोचेटिनोको सम्झौता सन् २०२३ को जुन ३० सम्म रहेको थियो । उनी सन् २०२१ को जनवरीमा पीएसजीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेपछि पीएसजीले पोचेटिनोलाई टिम हेर्ने जिम्मेवारी दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ