arrow

पीएसजीले हटायो प्रशिक्षक पोचेटिनो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २१ मंगलबार
mauricio-pochettino-football-coach-argentina.jpg

काठमाडौं । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोलाई बर्खास्त गरेको छ । पीएसजीले मंगलबार अर्जेन्टाइन प्रशिक्षकलाई बर्खास्त गरेको हो । फ्रेन्च लिगमै दिग्गज खेलाडीहरु भए पनि पीएसजी दोस्रो भएसँगै क्लब उनीसँग रुष्ट भएको थियो । 

त्यसलगत्तै पीएसजीले सम्झौता बाँकी रहँदै उनलाई बर्खास्त गरेको हो । पोचेटिनोको सम्झौता सन् २०२३ को जुन ३० सम्म रहेको थियो । उनी सन् २०२१ को जनवरीमा पीएसजीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेपछि पीएसजीले पोचेटिनोलाई टिम हेर्ने जिम्मेवारी दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ