arrow

वर्षाले सिड्नीमा आपतकालीन स्थिति, हजारौंलाई घर छाड्न आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
austrilia-heavy-rain.jpg

काठमाडौं । आइतबारको मुसलधारे वर्षा र हावाका कारण अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर दक्षिण पश्चिम सिड्नीका हजारौं बासिन्दाहरुलाई सुरक्षित स्थानतर्फ जान आदेश दिएको छ ।

मौसम ब्यूरोले भारी वर्षाको चेतावनी दिएको छ । वर्षाले सम्भावित रूपमा पूर्वी तटीय क्षेत्र न्यू क्यासलदेखि न्यु साउथ वेल्स राज्यको बेटम्यानको खाडीसम्म बाढी र पहिरो निम्त्याउन सक्ने चेतावनी दिएकाे छ । आगामी दुई दिनमा वर्षा झन् तीव्र हुने अनुमान गरिएको छ।

न्यू साउथ वेल्सका आपतकालीन सेवा मन्त्री स्टेफ कुकले टेलिभिजन मिडिया ब्रीफिङमा बोल्दै भनेकी िछन्, 'हामी अहिले फ्ल्याश बाढी, नदीको बाढी र तटीय कटानसहित धेरै मोर्चाहरूमा खतराहरू सामना गरिरहेका छौं।'

यस्तै उनले अघि भनेकी छिन्, 'यो जीवनलाई खतरामा पार्ने आपतकालीन अवस्था हो।' धेरै क्षेत्रमा २०० मिलिमिटर (८ इन्च) भन्दा बढी वर्षा भएको छ भने केही ठाउँमा ३५० मिलिमिटरसम्मको वर्षा भएको छ ।

मौसम विज्ञान विभागले नेपियन नदीमा बाढीको जोखिमको चेतावनी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ