अमेरिका, दक्षिण कोरिया र जापानबीचको सैन्य सहकार्य एसियाली नेटो - उत्तर कोरिया
हाम्रा कुरा
प्रकाशित २०७९ असार १९ आइतबार
757
Shares
काठमाडौं । संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानको सैन्य सहयोग सुदृढ गर्ने हालैको सम्झौता एसियाली नेटोको भएको टिप्पणी उत्तर कोरियाले गरेको छ ।
उत्तर कोरियाले यो सम्झौता यस क्षेत्रमा नेटो जस्तो सैन्य गठबन्धनको लागि अमेरिकी योजनालाई साकार पार्ने माध्यम बनेको बताएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले केसीएनए सञ्चारमाध्यमले सोधेको प्रश्नको जवाफमा यस्तो टिप्पणी गरेका हुन् ।
केसीएनएका अनुसार प्रवक्ताले भनेका छन्, 'अमेरिकाले उत्तर कोरियाबाट खतराको अफवाह फैलाउनुको वास्तवीक उद्देश्य एशिया प्रशान्त क्षेत्रमा सैन्य वर्चस्व प्राप्त गर्न हो ।'
सुरक्षाको बढ्दो अहिलेको स्थितिले यसको सामना गर्न देशको प्रतिरक्षा बढाउन आवश्यक भएको उनको भनाइ छ ।
संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानका राष्ट्र प्रमुखहरुले गत हप्ता नेटो शिखर सम्मेलनअघि भेट्दै उत्तर कोरिया विरुद्ध विस्तारित प्रतिरोधलाई सुदृढ पार्न थप उपाय खोज्नेमा सहमति जनाएका थिए ।