arrow

सिप्रदीको राष्ट्रिय सवारी चालक प्रशिक्षण कार्यक्रम सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १५ बुधबार
siprad-training-tata-dirvers.jpg

काठमाडौँ। सवारी साधनमा नवीनतम प्रविधि प्रयोग भइरहेको अवस्थालाई मध्यनजर गर्दै सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा असार १ गते देखी असार ९ गते सम्म आयोजना भएको राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ।

देश भरी फैलिएका सिप्रदीका सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरबाट ८९५ जना टाटा कमर्शियल गाडीका चालकहरूले सहभागिता जनाएको उक्त कार्यकारमा बिएसआईभी प्रविधि सम्बन्धी ज्ञान प्रदान गर्नुका साथै सुरक्षित तथा किफायती ड्राइभिङ, गाडी चलाउँदा चालकहरूले के कस्ता कुराहरूमा ध्यान दिँदा गाडीको कार्य क्षमता वृद्धि गर्न सकिने कम्पनीले जनाएको छ। 

गाडीको आयु बढाउन के गर्नु पर्छ तथा के गर्नु हुँदैन, गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गर्ने उपाय आदि कुराहरू तालिममा समेटिएको थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ