arrow

हङकङ हस्तान्तरणको वार्षिकोत्सवमा जाँदै सी चिनफिङ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार १२ आइतबार
xi-jin-ping-china-president.jpg

काठमाडौं । हङकङलाई चीनलाई हस्तान्तरण गरिएको २५ वर्ष पुगेको अवसरमा आयोजित समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङ हङकङको भ्रमण गर्ने कार्यक्रम रहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

'राष्ट्रपति सी चिनफिङले मातृभूमिमा हङकङ फिर्ता भएको २५औं वार्षिकोत्सव मनाउने बैठकमा भाग लिनेछन्,' सिन्ह्वा समाचार एजेन्सीले भनेको छ । १५६ वर्षको ब्रिटिश औपनिवेशिक शासनपछि सन् १९९७ को जुलाई १ मा हङकङ चीनलाई हस्तान्तरण गरिएको थियो ।

यस्तै सीले प्रमुख कार्यकारी जोन ली नेतृत्वको आगामी हङकङ प्रशासनको उद्घाटन समारोहमा पनि भाग लिनेछन्। बेइजिङ समर्थीता नेता जोन ली र उनका मन्त्रीहरूले जुलाई १ मा सपथ लिने कार्यक्रम रहेको छ ।

पूर्व बेलायती उपनिवेशमा यसअघि सन् २०१७ मा निवर्तमानप्रमुख कार्यकारी क्यारी लामलाई शपथ दिने कार्यक्रममा सी उपस्थित भएका थिए ।

चिनियाँ राष्ट्रपति सीले सन् २०२० को  जनवरीमा म्यानमारको भ्रमण गरेयता कोभिड१९को महामारीका कारण मुख्य भुमी चीन बाहिरको भ्रमणलाई निरुत्साहित गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ