काठमाडौं । युरोपेली संघ (ईयू) युक्रेनलाई रुसको प्रभावबाट अझ टाढा तान्न र यसलाई पश्चिमसँग जोड्न ईयू सदस्यताको बाटोमा लैजान सहमत भएको छ। यससँगै युक्रेन ईयूको सदस्य बन्नका लागि तयार उम्मेदवार बनेको छ ।
बिहीबार ब्रसेल्समा भएको शिखर सम्मेलनमा ईयूका २७ राष्ट्रका नेताहरूले युक्रेनलाई उम्मेदवारी प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेका हुन् । यसले युक्रेनको सदस्यताको बाटो खोलेको हो। तर ईयूकाे सदस्य भइसक्न युक्रेनलाई वर्षाैं वा दशक नै समेत लाग्न सक्छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो सेनाले युद्ध नभइ विशेष सैन्य अपरेशन गरिरहेको भनेको चार महिना पुग्नु भन्दा एक दिनअघि बिहीबार) ईयूले यस्तो निर्णय गरेको हो ।