arrow

१० करोड काण्डमा छानबिन गरी दोषीलाई कारबाही गर्न बारको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
Nepal-bar-association.jpeg

काठमाडौं । नेपाल बार एसोसिएसनले हालै सार्वजनिक न्यायालयमा १० करोड रुपैयाँ काण्डको घटनालाई सोको आधिकारिकता र सत्यतथ्य व्यहोराको अनुसन्धान तथा छानबिन गरी कोही कसैको संलग्नता पाइए कसुरदारलाई कानूनी दायरामा ल्याउन माग गरेको छ । 

प्रेस विज्ञप्ति गर्दै बारले ‘नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रुपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मूख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानून व्यवसायीहरुबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्यहरुको नेपाल बार एसोसिएसन घोर निन्दा गर्दछ ।’ भनेको छ । 

के हो त घटना ? 
इच्छाराज तामाङलाई धरौटीमा छुटाउन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र वकिल रुद्रप्रसाद पोख्रेलबीच भएको डिल सार्वजनिक भएको हो । न्यूज २४ टिभीले डिल भएको अडियो सार्वजनिक गरेको हो ।   

सिभिल सहकारीको रकम हिनामिना प्रकरणका मुख्य आरोपी इच्छाराज तामाङ २ हजारभन्दा बढी निक्षेपकर्ताको ८ अर्ब भन्दा बढी रकम ठगेको आरोपमा डिल्ली बजार कारागारमा छन् । २०७८ साल असोज १८ गते उनलाई सीआईबीले पक्राउ गरेको थियो ।

उनीविरुद्ध जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा चलिरहेको छ । उनलाई छुटाउन न्यायाधीश कोइराला र पोख्रेलबीच बार्गेनिङ भएको हो । दुईबीचको कुराकानीमा १० करोड धरौटी मागेर तामाङलाई रिहा गर्ने र २ करोड लिने डिल भएको सुनिन्छ  ।

डिलमा न्यायाधीश कोइराला भने डराएको सुनिन्छ । १० मिनेट गोप्य अडियोमा मुख्य न्यायाधीशदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासम्मको नाम जोडिएको छ । 

यो अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतले न्यायाधीश कोइरालालाई बुधबार कुनै पनि इजलास तोकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ