arrow

सम्पत्ति शुद्धीकरणमा राहुल गान्धीसँग पाँच दिनदेखि सोधपुछ : आधा सकियो प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ८ बुधबार
rahul-gandhi-7591.jpg.jpeg

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा भारतीय कंग्रेसका पूर्व उपाध्यक्ष राहुल गान्धीसँग प्रवर्तन निर्देशनालय (ईडी) सोधपुछ जारी राखेको छ । राहुलसँग ईडीले पाँचदिनदेखि सोधपुछ गरिरहेको छ । उनलाई पाँच दिनमा ५० घण्टाभन्दा बढी प्रश्न सोधिएको छ भने अहिलेसम्म ५० प्रतिशत मात्रै प्रश्न सोधिएको बताइएको छ । 

यस कुरालाई लिएर राहुल आक्रोशित बनेका छन् । उनले अधिकारीको यस्तो रवैयाप्रति आपत्ति जनाएका छन् । उनले ईडीका अधिकारीहरूलाई भने,'  म दिनहुँ सयौँ प्रश्नको जवाफ दिन्छु, तर तपाईँहरू भोलिपल्ट उही प्रश्न लिएर आउनुहुन्छ ।'

यही आक्रोशमा राहुलले मङ्गलवार खाजाको विश्रामसमेत लिएनन् । कहिलेसम्म दिनहुँ आउने-जाने भइरहने भनेर सोधे । 'जे सोध्न मन छ, आज सोध्नुहोस्। म खाजा खान पनि जाँदिन।' उनले भने ।  मङ्गलवारको सोधपुछपछि राहुल गान्धी करिब १० बजे आफ्नो निवास तर्फ प्रस्थान गरेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार ईडीका अधिकारीहरू राहुल गान्धीको जवाफबाट सन्तुष्ट छैनन्। यसअघि राहुल गान्धीले  ईडीका अधिकारीहरूको प्रश्न सही नभएको भन्दै आपत्ति जनाए । 'राहुलले यो कस्तो सोधपुछ हो जुन सकिने नाम नै लिँदैन' भनेर सोधे ।' 

उनले अहिले मलाई ५० प्रतिशत मात्रै प्रश्न सोधिएको थाहा पाएको बताए । उनले भने,' म प्रश्नहरूबाट आत्तिने व्यक्ति होइन, न त म थकित हुनेछु। यस्तो अनुसन्धानबाट मेरो पार्टी पनि डराउँदैन ।' उनले राज्यहरूमा कांग्रेस सरकारहरूले पनि उत्पीडन गरिरहेको आरोप लगाए।

ईडीले कंग्रेस शीर्ष नेतामाथि गरेको कारबाहीविरुद्ध कडा आलोचना गरिरहेको छ । कंग्रेसले मङ्गलवार पनि विरोध प्रदर्शन गरेको छ । कङ्ग्रेसले  राहुल गान्धीको लामो सोधपुछलाई राजनीतिक दमन भनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ