arrow

भारतीय प्रधानमन्त्रीले गरे योग, भाजपाले देशभर कार्यक्रम गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ७ मंगलबार
modi-yoga.jpg

काठमाडौं । भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीले आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योग गरेका छन् । मोदीले कर्नाटकको मैसूर प्यालेस मैदानमा सामूहिक योग  गरेका हुन् । प्रधानमन्त्री मोदीले योग व्यक्तिको मात्र नभई सम्पूर्ण मानव जातिको लागि भएको बताएका छन् । 

मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए ।   संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । 

यस दिन विश्वभरका करिब २५ करोड मानिस विभिन्न कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ । योग दिवसको अवसरमा भाजपाले ७५ हजार स्थानमा योग कार्यक्रम आयोजना गर्ने भएको छ ।

प्रधानमन्त्री मोदीले योग व्यक्तिको मात्र नभई सम्पूर्ण मानव जातिको लागि भएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ