पोखरा । नेपाल निजामति कर्मचारी संगठन गण्डकी प्रदेशको अध्यक्षमा कास्कीका अशोक खनाल चयन भएका छन् । संगठनको प्रथम प्रदेश अधिवेशनले खनाललाई अध्यक्षमा चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा पर्वतका शारदा खड्का, कास्कीका डोलराज पराजुली र बागलुङ रामप्रसाद उपाध्याय रहेका छन् । यसैगरी महासचिवमा कास्कीका रामचन्द्र पहारी, सचिवमा तनहुँका पुष्पराज खनाल, कास्कीका मधु बराल, लमजुङका हुमनाथ पौडेल र कोषाध्यक्षमा स्याङ्जाका आजाद पौडेल रहेका छन् ।