arrow

जिप भेरी नदीमा खस्दा चालक र सहचालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ५ आइतबार
bheri.jpg

जाजरकोट । रुकुमपश्चिम आठबिसकोट नगरपालिका-११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप भेरी नदीमा खस्दा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ । 

 इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा  मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ का कमल खड्का  छन् । 

जिपमा चालक र सहचालक  मात्र रहेको जनाइएको छ । प्रहरीका अनुसार जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ