arrow

लिभरपुल छाडेर माने ​बायर्न म्युनिखमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ४ शनिबार
sadio-mane-senegal.jpg

काठमाडौं । सेनेगलका फुटबल स्टार साडियो माने इङ्गलिश प्रिमियर क्लब लिभरपुल छाडेर जर्मन क्लब बायर्न म्युनिखमा जाने भएका छन् । फरवार्ड माने बायर्नमा अनुबन्धित हुने पक्का भएको हो ।

लिभरपुल मानेलाई बेच्न सहमत भएको हो । मानेलाई लिभरपुलले ४१ मिलियन युरोमा बेच्न सहमत भएको जनाइएकोछ । ३० वर्षे मानेले बायनसँग तीन वर्षको सम्झौता गर्ने बताइएको छ ।

६ वर्ष लिभरपुलमा बिताएका मानेले क्लबका लागि प्रिमियर लिग, एफए कपलगायत ६ वटा उपाधि जितेका छन् । 

मानेले लिभरपुलका लागि २ सय ६९ खेलमा १ सय २० गोल गरेका छन्  । यस्तै ४८ गोलका लागि असिस्ट गरेका थिए । 

उनी  २०१६ मा साउथह्याम्पटनबाट लिभरपुल आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ