जनकपुरधाम। मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाखका बजेट सार्वजनिक गरेको छ।
बुधवार प्रदेश सभामा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले अगामी आर्थिक वर्षको लागि ४६ अर्ब ८८ करोड ९ लाख बजेट सार्वजनिक गरेका हुन्।
त्यसमध्ये चालु तर्फ २१ अर्ब ७७ करोड ६७ लाख ९५ हजार अर्थात् ४६ दशमलव २१ प्रतिशत र पुँजीतर्फ २५ अर्ब ८२ लाख २० लाख ८० हजार अर्थात् ५३ दशमलव २१ प्रतिशत छ।
त्यसैगरि, वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार अर्थात् शून्य दशमलव ३५ प्रतिशत रहेको छ। चालु आवमा प्रदेश सरकारको बजेट करिब ३४ अर्ब छ।