arrow

टाटा मोटर्सको जेनभोल्टज अब नेपाली बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २९ आइतबार
taga-generator-sipradi.jpg

काठमाडौँ। प्रसिद्ध भारतीय अटो मोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री वितरण आरम्भ गरेको छ।

भारतस्थित अन्तर्राष्ट्रिय स्तरको विकास तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टर) डिजाइन, परीक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटरको डिजेल इन्जिन जडान गरिएको छ। विभिन्न प्रयोजनहरूको लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रूपमा टिकाउ र भरपर्दो हुनको साथै कम खर्चिलो पनि छ। २५ किलो भोल्ट देखि १२५ किलो भोल्ट क्षमतामा उपलब्ध यस जेनेरेटरमा म्यानुअल र अटोमेटिक दुवै मोडको व्यवस्था छ।

यसले निरन्तर विद्युत् प्रवाह गरी नेपालको उद्योगीकरणलाई नयाँ दिशातर्फ उन्मुख गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ। “हामी नेपालमा जेनभोल्टज जेनेरेटरको बिक्री वितरण शुभारम्भ गर्न पाउँदा धेरै खुसी छौँ। टाटा मोटर्स सदैव उच्चतम एवं नवीनतम उत्पादनहरूको मार्फत आफ्नो आफ्नो ग्राहकहरूको बदलिँदो इच्छा र आकाङ्क्षा पूरा गर्ने तर्फ कटिबद्ध छ।” टाटा मोटर्सको कमर्सिअल भेहिकल बिजनेस इकाई अन्तर्गत कस्टमर केयरका ग्लोबल प्रमुख राम कृष्णन
बत्ताउँछन्।

“टाटा मोटर्सको प्रभावकारी एवं भरपर्दो इन्जिन जडित जेनभोल्टजले नेपाली उद्योगधन्दाको अभिवृद्धिमा योगदान गर्नेछ। सिप्रदी ग्रुप दशकौँदेखि टाटाका कमर्सिअल गाडीहरूको बिक्री तथा सेवा सम्बन्धी कार्यलाई उत्कृष्ट ढङ्गले सम्पन्न गर्न प्रतिबद्ध छ। र यही प्रतिबद्धता यस ग्रुपले जेनभोल्टज प्रति प्रदर्शन गर्नेमा हामी विश्वस्त छौ।”

यसै गरी, सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भन्छन्, “आफ्नो स्थापनाकालदेखि नै सिप्रदी ट्रेडिङ्ग आफ्नो व्यापारिक पहिचानमा निरन्तर नयाँ आयाम थपी ग्राहकहरूको इच्छा र आवश्यकताहरूलाई परिपूर्ति गर्न प्रतिबद्ध छ। टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रूपान्तरणतर्फ केन्द्रित हाम्रो प्रयासमा एक नयाँ ऊर्जा प्रदान गर्नेछ। हामी पूर्ण विश्वस्त छौँ कि टाटाको जेनभोल्टज नेपालको पूर्वाधार एवं औद्योगिक विकासको लागि आवश्यक पावर ब्याक अप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्न सफल हुनेछ।”

सिपिसीबी-२ सम्बन्धी उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कम खपत गरी उत्कृष्ट कार्यक्षमता देखाउँछ। यसका विशेष प्रकारको इन्जिनको आयु लामो छ। यो उत्पादनमा सुरक्षित एवं टिकाउ प्रयोगको लागि अन्तर्राष्ट्रियस्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता पनि छ। निर्माण एवं पूर्वाधार कम्पनी, होटेल, साना तथा मझौला उद्योग र विद्यालयहरूलाई यो उत्पादन उपयुक्त छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ