काठमाडौं । चीनले ताइवानको स्वतन्त्रता रोक्नको लागि अन्तसम्म लड्ने वाचा गरेको छ । ताइवानको विषयमा अमेरिकासँगको बढ्दो तनावकाबीच चीनले ताइवानमा विदेशी हस्तक्षेप असफल हुने निश्चित भएको टिप्पणी गरेको छ ।
'यदि कसैले ताइवानलाई चीनबाट अलग गर्ने हिम्मत गर्छ भने, हामी सबै मूल्यमा लड्नेछौं र हामी अन्तिमसम्म लड्नेछौं। यो चीनको लागि एक मात्र विकल्प हो,' चिनियाँ रक्षामन्त्री वेइ फेङ्गेले आइतबार साङ्ग्रिला संवाद सुरक्षा शिखर सम्मेलनमा बोल्दै भनेका छन् ।
शनिबार अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनको टिप्पणीमाथि प्रतिक्रिया दिँदै वेइले भनेका छन्, 'कसैले पनि आफ्नो क्षेत्रीय अखण्डताको रक्षा गर्न चिनियाँ सशस्त्र सेनाको संकल्प र क्षमतालाई कम आँकलन गर्नु हुँदैन ।'
उनले वाशिंगटनलाई घुमाउरो शैलीमा भनेका छन्, 'केही देशले आन्तरिक मामिलामा हस्तक्षेप गर्न चीनविरुद्ध ताइवान कार्ड खेलिरहेको छ ।' उनलेअघि भने 'चीनको पुनः एकीकरणको बाटो कसैले रोक्न सक्दैन ।'
चीनका रक्षामन्त्री वे फङ्खले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग एसियाली सुरक्षा सम्मेलनको अवसरमा सिङ्गापुरमा भेटेका थिए।