मंगलबारदेखि काठमाडौंको फोहर उठ्ने, यस्तो छ प्रतिबद्धतापत्र
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
1.3k
Shares
काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको फोहर मंगलबारदेखि उठ्ने भएको छ । काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनका लागि शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र स्थानीय तहले प्रतिबद्धता जनाएसँगै फोहर उठ्ने भएको हो ।
उपत्यकाको फोहर मंगलबार जेठ २४ गतेदेखि नै बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल्डसाइटमा उपयुक्त विधिअनुसार विसर्जन गर्ने प्रतबद्धता जनाइएको हो ।